A PHP Error was encountered

Severity: Notice

Message: Only variable references should be returned by reference

Filename: core/Common.php

Line Number: 257

A PHP Error was encountered

Severity: Warning

Message: Cannot modify header information - headers already sent by (output started at /home/ojusayur/public_html/system/core/Exceptions.php:185)

Filename: libraries/Session.php

Line Number: 675

Blog - Ojus Ayurveda Hospital and Research Centre

Blog

संस्मरण/अनुभूति
गिरिराज मणि पोखरेल

गिरिराज मणि पोखरेल
पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री

२१ वर्षमा हेटौँडामा हाम्रो पार्टीको सातौँ महाधिवेशन भयो । महाधिवेशनको बन्द समारोहको मञ्चमा पलेटी कसेर बस्ने प्रकारको थियो । सुरुमा केही समय बसेपछि मेरो पृष्ठ भाग दुख्न थाल्यो र मैले मञ्च छाडेँ । केही सत्र (सेसन) मञ्चमा उपस्थित हुन सकिएन र केहीमा डा. श्रीकृष्ण गिरीले दिएको मलम लगाएर तलकुर्सीमा बसेर सहभागिता जनाएँ । हेटौँडाबाट फर्किए पछि देउरालीको उकालो चढ्दै जाँदा मनमनै एउटा सङ्कल्प गरेको थिएँ । म अब नयाँ उपचार विधिमा जानेछु । हुन पनि दुई वर्ष अघि डडेलधुराबाट फर्किए पछि मलाई ब्याक पेनले सताइरहेको थियो । एउटा जाडो याम वीर अस्पतालमा र अर्को याम चिनियाँ अकुपञ्चरको माध्यमद्वारा उपचार गरेर राजनीतिकका म गरिरहेको थिएँ । तर यस पटक समस्या टालटुले ढंगले हलहुने देखिएन । नौ वर्ष अघि एउटा माइक्रोबसले ठक्कर हाने पछि झण्डै पुनर्जिवित हुनपुगेको मेरो शरीर निहु खोजिरहेको थियो । दुईदशक अघि पोखरामा टाइफाइड भएपछि केहीदिन अस्पताल बसेर निस्कँदा हलुका ढाड दुख्न थालेको थियो । २०५३ मा पनि विराटनगरमा…

View Detail
ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापनाको पृष्ठभूमि
नरायण प्रसाद आचार्य

नरायण प्रसाद आचार्य

मानव जिवनको सामाजिकि करणसंगै विकास भएको आयुर्वेद चिकित्सा पद्धतीको संस्थागत विकास भएको पनि हजारौ वर्ष भैसकयो । मानव तथा समस्त जिव जन्तुको उपचारको रुपमा विकसित भएको आयुर्वेद उपचार पद्धति हाल आएर नेपाल जस्ता विकाशोन्मुखराष्ट्रहरुको आर्थिक उन्नतीको मेरुदण्डको रुपमा स्थापित भैसकेको छ । नेपाल भौगोलिक विभिदता तथा प्राकृतिक साधन श्रोतका हिसावले विश्वकै धनी राष्ट्रमा पर्दछ । जसमध्ये जडिबुटीपनि एक प्रमुख प्राकृतिक श्रोत हो । आयुर्वेद नेपालको राष्ट्रिय चिकित्सा पद्धति भएतापनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन । यस्तो अवस्थामा निजि क्षेत्र बाट आयुर्वेद प्रर्वद्धन तथा विकासलाई प्रमुख लक्ष वनाई यस ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना भएको हो । २०६५ सालमा ओजस आयुर्वेद क्लिनिकको रुपमा  का.म.न.पा २९ सामाखुसीबाट आयुर्वेद सेवाको शुरुवात गरियो । तत्कालिन अवस्थामा जनरल चेकअप र औषधी वितरणको प्रक्रियामा मात्र सिमित थियो । आफू सरकारी सेवामा कार्यरत भएको अवस्थामा देशका विभिन्न क्षेत्रमा काम गर्ने मौका पाइयो त्यति बेला देखि नै जागिरको समय बाहेक अन्य समय पूर्ण रुपमा आयुर्वेदलाई कसरी…

View Detail
Cervical Spondylosis एक अध्ययन
डा. बासुदेव उपाध्याय

डा. बासुदेव उपाध्याय
प्रमुख कन्सल्टेन्ट आयुर्वेद विज्ञ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

परिभाषाः Cervical Spondylosis भन्नाले गर्धनको मेरुदण्ड क्षिण हुँदै जाने अवस्था बुझाउँछ । यस अवस्थामा मेरुदण्डको बीचमा रहेका डिक्स हरु थिचिइने, बाहिर निस्किने, सङ्गै रहेका अरु मेरुदण्डका हाडहरु अनपेक्षित रुपमा बढ्दै जाने यावत कुराहरु हुन्छन् । परिमामतः त्यहा रहेका नशाका जराहरु, च्यापिन जान्छन् जसले गर्दा गर्धन दुख्ने, गर्धन दुख्ने समस्या टाउको, हात तथा पाखुरामा सर्दै जाने आदि हुन्छन् । कतिपय अवस्थामा रक्त नलिमा समस्या भइ नशा कमजोर हुँदै गएमा पनि Cervical Spondylosis हुन सक्दछ । कारणहरुः Cervical Spondylosis हुनुमा निम्न कारणहरु महत्वपूर्ण रहन्छन् । १. उमेर : सामान्यत ४० वर्षको उमेरदेखि नै मेरुदण्ड क्षिण हुन सुरु हुन्छ । उमेर ढल्कँदै जाँदा यो समस्या बढ्दै जाने हुँदा ५० वर्षको उमेर पश्चात प्रायः सबैमा धेरै थोरै समस्याहरु पाइन्छ । यसर्थ Cervical Spondylosis हुनुमा उमेरलाई प्रमुख कारण मान्न सकिन्छ । २. पेशा :Gantenberg ले विभिन्न पेशामा आवद्घ मजदुरहरुको एक ठूलो समूहमा गरेको अध्ययन खास गरि खानी मजदुर र तत्पश्चात उधोग मजदुरमा सर्वाधिक Cervical Spondylosis …

View Detail
व्राम्ही
डा. राजेन्द्र गिरि

डा. राजेन्द्र गिरि
प्रबन्ध निर्देशक सिंहदरबार वैद्यखाना विकास समिति

आयुर्वेद संहिताका विभिन्न ग्रन्थहरू चरक, सुश्रुत र बाग्भट आदिमा मेद्य रसायन तथा यसको प्रयोगको विस्तृत वर्णन पाइन्छ । यि संहिताहरूमा बालबालिकाहरूको स्मरणशक्ती तथा बुद्धि बढाउने जडीबुटी र यसको प्रयोगको बारेमा विशेष उल्लेख छ । प्राचिनकाल देखि आयुर्वेद चिकित्सामा मेद्य औषधीहरूको रूपमा व्राम्ही, मण्डुकपर्णी, शंखपुष्पी, ज्योतिष्मती (मालका“गिनो), यष्टीमधु, अश्वगन्धा, दाडीम, कुषमाण्ड (कुभिण्डो) आदि जडीबुटी स्मरणवर्धक औषधीको साथसाथै रसायनको रूपमा प्रयोग गरिदै आएको छ ।      बर्तमान समयमा आधुनिक सभ्यताको प्रभावको कारण यी जडीबुटीहरूको महत्व तथा यसको स्थानीय स्तरमा चासो कम हु“दै गइरहेको छ । हालका बर्षहरूमा मानिसहरूको आधुनिक जीवनशैली र पारिवारिक, सामाजिक तथा आर्थिक समस्याका कारण मानसिक तनावबाट ब्यक्तिहरू ग्रस्त हु“दै गएको पाइन्छ । अर्को तिर प्राचिनकाल देखि अपनाइरहेको हाम्रो प्राकृतिक जीवनशैली विस्तारै लोप हु“दै गइरहेको छ । यी समस्याहरू निराकरणको लागि मेद्य क्षमता बढाउने जडीबुटीको रूपमा आयुर्वेद चिकित्सा पद्धतीमा सयौं बर्षेदेखी प्रयोगमा आएको व्राम्ही वारेमा केही चर्चा गरिएको छ । (क) व्राम्ही के हो ? व्राम्ही आयुर्वेद चिकित्सा पद्धतिमा…

View Detail
असाध्य रोगहरुमा आयुर्वेदीय चिकित्साको भूमिका
डा. राम नारायण साह

डा. राम नारायण साह
पुर्व महा निर्देशक आयुर्वेद विभाग

साध्यासाध्यताको अनुसार रोगहरुको वर्गीकरण निम्न लिखित रुपमा गरिएको छ । साध्य: जुन रोगहरुको उपचार सामान्य चिकित्सा विधि द्वारा निर्मूलन भै हाल्छ, ती रोगहरु साध्य मानिन्छन् । याप्य: जुन रोगहरुको उपचार गर्दा उपचारकाल सम्म रोगी निरोग जस्तो देखिन्छ तर उपचार कालको समाप्ति पछि पुनः रोगको बल्झिने स्थिति आउँछ त्यसलाई याप्य मानिन्छ । कृच्छसाध्य: जुन रोगहरुको उपचारमा औषधि उपचार र पथ्य व्यवस्थामा धेरै कठिनाईको सामना गर्नु पर्दछ, ती रोगहरुलाई कृच्छ साध्य भनिन्छ । असाध्य: जुन रोगहरुको उपचार विशिष्ट चिकित्सा विधि र कठिन एवं उचित पथ्य व्यवस्थाको पालना गरे पनि रोग निवारण हुँदैन ती रोगहरुलाई असाध्य भनिन्छ । असाध्य रोगहरुको सन्दर्भमा आयुर्वेद चिकित्साको सफल भूमिका देखिएको छ । यसैकारण यस चिकित्सा शास्त्रमा मन्त्रवत् सिद्घान्तहरु स्थापित भएको छ । प्रयोगः शमयेत् व्याधिं योअन्यान्यमुर्दारयेत् । नाशौ विशुद्घः शुद्घस्तु शमयेत् योन कोपयेत् ।। इदमागम सिद्घत्वात् प्रत्यक्ष फल दर्शनात् । मंत्रवत् संप्रयोक्तव्यं न मीमांस्यं कदाचन ।। अर्थात जुन प्रयोग (चिकित्साकीय प्रयोग) बाट एक व्याधि शमन होस् र…

View Detail
औषधिको प्रयोग
डा. शेशराज आचार्य

डा. शेशराज आचार्य
अध्यक्ष, ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर

औषधि विज्ञानको शुरुवात सृष्टिकोसँगै भएको हो । आयुर्वेदको सृष्टि हुनु भन्दा पहिले देखि नै भएको हो । “अनुत्पाद्यैव प्रजा श्लोक ससत सहस्रं अध्याय सहस्रं च कृतवान् स्वयंभू” ........चरक संहिता अर्थात सृष्टिको पहिले मानिसहरु सृष्टि गर्नु पहिले एकलाख श्लोक भएको हजार अध्याय भएको आयुर्वेद भगवान ब्रम्हाले सृष्टि गर्नुभयो । त्यसैले आयुर्वेद अनादि छ र जङ्गली अवस्था देखिनै मानिसहरुले जडिबुटि औषधिको प्रयोग गर्दै आएका छन् । वेदले भनेको छ “या ओषधीजाता देवेम्यः त्रियुगं पुरा” । अर्थात देव युग भन्दा तीन युग पहिले देखिनै औषधिको प्रयोग हुँदै आएको छ । नेपालमा औषधि विज्ञानको शुरुवात आयुर्वेदले गरेको हो र नेपालको सृष्टिसँगै यसको शुरुवात भएको हो । राजा महाराजाहरु आयुर्वेदिय औषधिहरु नै प्रयोग गर्दथे । टोल टोलमा आयुर्वेद चिकित्सक हुन्थे । सेनामा पनि आयुर्वेदल नै चिकित्सा गर्दथ्यो । संस्थागत रुपमा आयुर्वेदिक औषधि निर्माणको थालनी करीब ३०० वर्ष पहिले मल्लराजाको पालामा स्थापना भएको सिंहदरबार वैद्यखानाको इतिहासले बताउँछ । टोल टोल घर घरमा समेत आयुर्वेदीय औषधि उपचार…

View Detail
पञ्चकर्म वैतरण वस्ती चिकित्साबाट आमवातको उपचार

आयुर्वेद चिकित्सा भनेको शरीरमा रहेको विषय धातुलाई समअवस्थामा ल्याउने प्रक्रिया हो । अहिलेको बदलिदो जीवनचर्यामा मानिस तछाड मछाड गर्दै आहार विहारमा दोषहरुलाई कुपित गर्ने द्रव्य वस्तु बाट निर्मित आहारलाई सेवन गर्ने गरेको र त्यसबाट उत्पन्न हुने बिकारको बारेमा खासै ध्यान नदिएको पाइन्छ । सोही कारणले पाचन क्रिया असन्तुलित हुन गई  पाचन प्रणलीमा असर गर्ने र विभिन्न  रोग उत्पति हुने तथा लामो समय सम्म औषधि सेवन गर्न वाध्य  हुन्छन् । प्राय अम्ल लवण तिक्ष्ण, स्निग्ध रसयुक्त आहारहरुको प्रयोगले गर्दा आमवातजन्य रोग हुने गरेको पाइन्छ । यस रोगबाट पिडित रोगीहरुले साधारणतया वेदना सामक औषधिहरुको सेवन त्यति लभदायि हुन सक्दैन । प्रायजसो यो रोग मध्य उमेर भएका व्यक्तिहरुमा पाइन्छ । जसको लाभदायी चिकित्सा पंचकर्म चिकित्साको प्रक्रियाबाट वैतरण वस्ति द्वारा आसातित लाभ हुन सक्छ दोषा कदाचित कुप्यन्ति जिर्ण लंधन पाचनै जिता संसोधनैर्यतु न तेषा पुनरुध्दभव : भनेर चरकले संसोधन प्रकृयालाई महत्व दिएको पाइन्छ । यसरी चिकित्सा गर्नाले दोष समन भई आमवातमा आसातित लाभ मिल्ने…

View Detail
पिनास
Dr. Baburaja Amatya

Dr. Baburaja Amatya

पिनास रोग के हो ? पिनास नासागत रोग हो । नासा स्थित श्लेष्मकलाको क्ष्लाबिmmबतष्यल को अवस्था लाई पिनास भनिन्छ । यो जिर्ण अवस्था भएर रहन्छ र पटक पटक दुख दिइरहन्छ । यसमा नासाको कार्यमा असामान्यता भई विभिन्न शारिरीक समस्या उत्पन्न गर्दछ । लक्षण :- श्वास प्रस्वासमा अवरोध ( Nasal Blockage ) : नासावरोध भएर श्वास ग्रहण गर्ने र बाहिर निस्काशन  Inspired and Expired air मा अवरोध भई कठिनताका साथ श्वास प्रश्वास नभई हुनु वा मुख खुल्ला राखिरहनु पर्दछ । लगातार छिंक आउनु ( Sneezing ) : बाह्य धुलो, हावा विभिन्न गन्धको संसर्ग बाट नासा स्थित Mucous membrane Irritation भएर लगातार छिंक आउनु । नाकबाट पानी जस्तै तरल बग्नु Nasal Discharge : असाध्य आहार विहार तथा उपरोक्त विभिन्न कारण बाट नासास्थीत श्लेष्मकलामा उत्पन्न भएर नाक बाट पानी जस्तै सिंगान बग्नु । गन्धज्ञान हराउनु : चोटपटक वा लगातार Allergy Infection भएर नाक माथिल्लो भागमा 1/3 rd of upper part of nose रहेको…

View Detail
योेग र स्वास्थ्य

आज योगलाई विभिन्न तरिकाले अपनाएको पाइन्छ । आज भन्दा केहि दशक अगाडि योगलाई धेरैले साधना पद्धतिको रुपमा जान्दथे र योगलाई साधु सन्त तथा केहि दाडि कपाल पालेका ले मात्र अपनाउने भन्ने धारणा थियो तर आज गुफा, कन्दरा, जंगल, आश्रममा मात्र योग सिमित नभई राष्ट्रपति, प्रधान मन्त्रि तथा मन्त्रिहरुका क्वाटर र धनाढ्य र संभ्रान्त घर देखि लिएर गरिबका घर घरमा समेत योगले लोकप्रियता पाएको हामी प्रष्ट देख्छौं । योग आज साधनाको दृष्टिका अलावा स्वास्थ्य रक्षा गर्ने तथा रोगको रोगोपचार गर्ने चिकित्सा पद्धतिको रुपमा समेत अत्यन्त सफल पद्धतिको रुपमा चिनिएको छ । आज सम्पुर्ण विश्वमा योग द्वारा असाध्य रोगको समेत सफलता पुर्वक उपचार गरिएको छ जुन मनुष्य जगतलाई ठूलो बरदान सावित भएको छ । मनुष्य शरीर ईश्वरको सर्वोत्तम कृति हो । यो शरीर स्वस्थ वा अस्वस्थ गराउने हामी नै हौं । हामी नै यसमा जिम्मेवार छौ । शरिरलाई कस्तो खाना दिने कस्तो ब्यायाम वा विश्राम दिने स्वस्थ वा अस्वस्थ विचार राख्ने यो…

View Detail
पिण्डस्वेद : पञ्चकर्मका लोकप्रिय उपचार
Dr. Navin Joshi

Dr. Navin Joshi

पञ्चकर्म आयुर्वेदको निरपद उपचार पद्घति हो । शोधनको अन्तर्गत आउने आयुर्वेदको यस उपचार विधाबाट विभिन्न रोगहरुका लागि चमत्कारिक प्रभाव देखिएका छन् । पञ्चकर्म विधाको पूर्वकर्म अन्तर्गत प्रस्तुत गरिने स्वेदनको प्रकृयामा पिण्डस्वेद विभिन्न अवस्थामा निरापद तथा सरल चिकित्सा हो यसको वर्णन यहाँ उल्लेख गरिएको छ । पञ्चकर्म चिकित्साको पूर्वकर्म चिकित्साको अन्तर्गत स्नेहन पछि स्वेदन चिकित्सा वर्णन छ । स्वेदनको अन्तर्गत १३ प्रकारको अग्निकृत स्वेदन को वर्णन आयुर्वेदिक चिकित्सामा गरिएको छ जुन यस प्रकारका छन्  संकर स्वेद, प्रस्तर स्वेद, नाडी स्वेद, परिषेक स्वेद, जेन्ताक स्वेद, अश्मघन स्वेद, कर्षु स्वेद, कुटी स्वेद, भू स्वेद, कुम्भिका स्वेद, कूप स्वेद, होलाक स्वेद, अवगाह स्वेद तथा अनग्निकृत स्वेदन यसको अन्तर्गत व्यायाम, उष्ण सदन, गुरुप्रावरण, क्षुधा, बहुपानम, भय, उपनाह, क्रोध, आहव, आतप आउँछन् । यसमा अग्निकृत स्वेदन को अन्तर्गत आउने संकर स्वेदको एउटा क्रिया जसलाई षष्टिकशाली पिण्डस्वेद भनिन्छ । केरलको आयुवेर्दिक चिकित्सकहरु भित्र अत्यन्त लोकप्रिय चिकित्सा छन् । यसमा औषधियुक्त पिण्डको बाह्य प्रयोग द्वारा रोगको उपचार गरिन्छ…

View Detail