A PHP Error was encountered

Severity: Notice

Message: Only variable references should be returned by reference

Filename: core/Common.php

Line Number: 257

A PHP Error was encountered

Severity: Warning

Message: Cannot modify header information - headers already sent by (output started at /home/ojusayur/public_html/system/core/Exceptions.php:185)

Filename: libraries/Session.php

Line Number: 675

पिण्डस्वेद : पञ्चकर्मका लोकप्रिय उपचार - Ojus Ayurveda Hospital and Research Centre

Blog

पिण्डस्वेद : पञ्चकर्मका लोकप्रिय उपचार

Dr. Navin Joshi;

Dr. Navin Joshi

पञ्चकर्म आयुर्वेदको निरपद उपचार पद्घति हो । शोधनको अन्तर्गत आउने आयुर्वेदको यस उपचार विधाबाट विभिन्न रोगहरुका लागि चमत्कारिक प्रभाव देखिएका छन् । पञ्चकर्म विधाको पूर्वकर्म अन्तर्गत प्रस्तुत गरिने स्वेदनको प्रकृयामा पिण्डस्वेद विभिन्न अवस्थामा निरापद तथा सरल चिकित्सा हो यसको वर्णन यहाँ उल्लेख गरिएको छ ।
पञ्चकर्म चिकित्साको पूर्वकर्म चिकित्साको अन्तर्गत स्नेहन पछि स्वेदन चिकित्सा वर्णन छ । स्वेदनको अन्तर्गत १३ प्रकारको अग्निकृत स्वेदन को वर्णन आयुर्वेदिक चिकित्सामा गरिएको छ जुन यस प्रकारका छन्  संकर स्वेद, प्रस्तर स्वेद, नाडी स्वेद, परिषेक स्वेद, जेन्ताक स्वेद, अश्मघन स्वेद, कर्षु स्वेद, कुटी स्वेद, भू स्वेद, कुम्भिका स्वेद, कूप स्वेद, होलाक स्वेद, अवगाह स्वेद तथा अनग्निकृत स्वेदन यसको अन्तर्गत व्यायाम, उष्ण सदन, गुरुप्रावरण, क्षुधा, बहुपानम, भय, उपनाह, क्रोध, आहव, आतप आउँछन् । यसमा अग्निकृत स्वेदन को अन्तर्गत आउने संकर स्वेदको एउटा क्रिया जसलाई षष्टिकशाली पिण्डस्वेद भनिन्छ । केरलको आयुवेर्दिक चिकित्सकहरु भित्र अत्यन्त लोकप्रिय चिकित्सा छन् । यसमा औषधियुक्त पिण्डको बाह्य प्रयोग द्वारा रोगको उपचार गरिन्छ । आचार्य चरक तथा आचार्य वागभट्टले यसलाई पिण्डस्वेद को अन्तर्गत वर्णन गरेका छन् तर यसलाई रोगीहरु लाई समर्पण गर्ने विधिलाई स्पष्ट गरिएको छैन । केरल (भारत) का चिकित्सकहरु यसलाई लामो समय देखि नवरा–खि–जी को नाम बाट प्रयोग गरिरहेको छन् ।

कुन रोगमा षष्टिकाशाली पिण्ड स्वेद को प्रयोग गरिनु पर्दछ ।

  • प्यारालाईसिस (पक्षघात)
  • फ्रोजन सोल्डर
  • पोलियोमाईलाईटिस
  • तपेदिक (क्षय)
  • आँष्टियोआर्थाईटिस (संधिवात)
  • मोनोप्लेजिया
  • पैराप्लेजिया
  • काश्र्य (दुब्लोपना)
  • शूल

षष्टिकशाली पिण्डस्वेद को घटक
बलामूल चूर्ण : ५० ग्राम, दशमूल चूर्ण : ५० ग्राम, चामल : २५० ग्राम, दूध : ५०० मिलि, दुई टुक्रा कपडा (१८ १८ इन्च को )ामा
केहि चिकित्सकले बलामूला र दशमूला चूर्णको स्थानमा मांसरोहिणी चूर्णको प्रयोग गर्दछन् ।

षष्टिकशाली पिण्डस्वेद को विधि
५० ग्राम बलामूला एवम् दशमूला चूर्णलाई चार लिटर पानीमा लिएर खुल्ला भाँडामा एक लिटर शेष रहने गरी उमालेर पकाउने । अब यस क्वाथलाई  आधा लिटर अर्को भाँडामा राख्ने र त्यसमा आधा लिटर गाईको दूध, २५० ग्राम चामल हालेर पकाएर पेस्ट बनाउने । अब यस प्रकारले बनाईएको पेष्ट लाई १८ १८ इन्च को दुई कपडाको टुक्रा राखेर पिण्ड स्वरुप बनाउने । अब बचेको काढामा यो पिण्डलाई डुबाउन अलग्गै राख्ने ।

५० ग्राम आमलकी चूर्ण लाई पानी अथवा दूध सँग मिलाएर रातभरी राखेर अलग्गै पेष्ट बनाउने ।

पूर्वकर्म : रोगीलाई लुगा खोेलेर लगौटी मात्र लगाएर काठको टेबुलमा सुताउने तथा बलातेल अथवा महानारायण तेल ले सर्वप्रथम टाउको मा मालिस गर्ने, ततः पश्चात यसै तेललाई सम्पूर्ण शरीरमा १५ मिनेट सम्म लगाउने । तेल लगाई सकेपछि आमलकी को पेष्ट कपडा को मदतले टाउको माथि बाँध्ने ।

प्रधानकर्म : एक जना व्यक्तिले दुबै तर्फ बाट पिण्ड लाई दाहिने हातले समातेर भाँडोमा राखिएको क्वाथमा डुबाउँदै बाँया हातले पिण्डको उष्णता लाई शरीर ले सहन गर्न लायक भएको जाँच गर्ने र बिस्तारै बिस्तारै पिण्डको मालिस गर्ने, पिण्डको उष्णता कम भयो भने क्वाथमा डुबाएर पुनः मालिशको प्रकृयालाई जारी राख्ने । यसप्रकार मालिस ३०–४५ मिनेट सम्म सात अलग–अलग स्थितिमा सम्पन्न गराउने ।

सात स्थितिहरु :

  • खुट्टालाई अगाडि राखेर बसाउने ।
  • उत्तानो सुताएर
  • बाँया पल्टाई सुताएर
  • दाहिने तर्फ पल्टाई सुताएर
  • घोप्टो पारी सुताएर
  • उत्तानो पारी सुताएर
  • खुट्टा अगाडि पारी सुताएर

पश्चात कर्म
यस प्रकार पिण्ड स्वेदनको कार्य सम्पन्न भएपछि पिण्डलाई काँढा सँग मिसाउँदै सुखोष्ण गरि प्रभावित स्थानमा फैलाई दिने । १०–१५ मिनेट पछि यस पेस्टलाई हटाई दिने तथा रोगीलाई मनतातो पानीले नुहाएर बिश्राम गर्ने सल्लाह दिने ।

“षष्टिकशाली पिण्ड स्वेदन” को अवधिः
यसलाई रोगीको रोग अनुसार ७,१४,२१ इा २८ दिन सम्म गराउन सकिन्छ । “षष्टिकशाली पिण्ड स्वेदन” शरीर मा दुखाई भएको स्थान मा रक्तप्रवाह तथा हड्डीको जोडमा दुख्ने (जकडन्) लाई ठिक गर्छ । यसले शरीरको वजन बढाउनुको साथै माँसपेशि र क्षयरोगलाई पनि ठिक गर्दछ । यो सम्पूर्ण तंत्रिका तंत्र सँग सम्बन्धित विकृति लाई भगाउने उपयोगी छ । स्वस्थ्य व्यक्तिले यसको प्रयोग गरेमा दृढ तथा कठोर बनाउँछ ।

comments powered by Disqus