A PHP Error was encountered

Severity: Notice

Message: Only variable references should be returned by reference

Filename: core/Common.php

Line Number: 257

A PHP Error was encountered

Severity: Warning

Message: Cannot modify header information - headers already sent by (output started at /home/ojusayur/public_html/system/core/Exceptions.php:185)

Filename: libraries/Session.php

Line Number: 675

Cervical Spondylosis एक अध्ययन - Ojus Ayurveda Hospital and Research Centre

Blog

Cervical Spondylosis एक अध्ययन

डा. बासुदेव उपाध्याय;

डा. बासुदेव उपाध्याय
प्रमुख कन्सल्टेन्ट आयुर्वेद विज्ञ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

परिभाषाः
Cervical Spondylosis भन्नाले गर्धनको मेरुदण्ड क्षिण हुँदै जाने अवस्था बुझाउँछ । यस अवस्थामा मेरुदण्डको बीचमा रहेका डिक्स हरु थिचिइने, बाहिर निस्किने, सङ्गै रहेका अरु मेरुदण्डका हाडहरु अनपेक्षित रुपमा बढ्दै जाने यावत कुराहरु हुन्छन् । परिमामतः त्यहा रहेका नशाका जराहरु, च्यापिन जान्छन् जसले गर्दा गर्धन दुख्ने, गर्धन दुख्ने समस्या टाउको, हात तथा पाखुरामा सर्दै जाने आदि हुन्छन् । कतिपय अवस्थामा रक्त नलिमा समस्या भइ नशा कमजोर हुँदै गएमा पनि Cervical Spondylosis हुन सक्दछ ।

कारणहरुः

Cervical Spondylosis हुनुमा निम्न कारणहरु महत्वपूर्ण रहन्छन् ।

१. उमेर : सामान्यत ४० वर्षको उमेरदेखि नै मेरुदण्ड क्षिण हुन सुरु हुन्छ । उमेर ढल्कँदै जाँदा यो समस्या बढ्दै जाने हुँदा ५० वर्षको उमेर पश्चात प्रायः सबैमा धेरै थोरै समस्याहरु पाइन्छ । यसर्थ Cervical Spondylosis हुनुमा उमेरलाई प्रमुख कारण मान्न सकिन्छ ।

२. पेशा :Gantenberg ले विभिन्न पेशामा आवद्घ मजदुरहरुको एक ठूलो समूहमा गरेको अध्ययन खास गरि खानी मजदुर र तत्पश्चात उधोग मजदुरमा सर्वाधिक Cervical Spondylosis  समस्या देखियो । यसर्थ सर्वाधिक प्रयोगले क्षिण बनाउँदै अन्ततः Cervical Spondylosis गराउँछ ।

३. चोटपटक : चोटपटक खासगरी गर्धनको चोटका कारण Cervical Spondylosis  हुन सक्छ । दबाब लामा यात्राहरु प्रायगरी अप्ठ्यार बाटाहरुका यात्राहरु आदिले दीर्घरुपमा Cervical Spondylosis गराई गर्दछ ।

४.  Posture स्थानान्तरण : शरिरका विभिन्न भागहरुको खराब स्थानान्तरण नरम सिरानी र डसनाहरुको प्रयोग, सुत्ने बेलामा गलत तरिकाले गर्धन अड्याउँदा, घोप्टो परी टाउको एकातिर फर्काएर सुत्दा आदि खराब बानीले दीर्घरुपमा Cervical Spondylosis को समस्या निम्त्याँउदछ ।

तनावपूर्ण जिन्दगी, व्यायामको कमी आदि पक्षहरुपनि Cervical Spondylosis का कारकहरु हुन् ।

लक्षणहरु :

Cervical Spondylosis का लक्षणहरु मुख्यतः निम्न बुदामा बाँड्ने सकिन्छ ।

१. मेरुदण्ड आफैंमा समस्या भएमा : गर्धन दुख्ने, ढाडको हड्डीमा बीचतीर दुख्ने, कुम दुख्ने आदि ।

२. नशाको जरा च्यापिएमा : क्रियाकलाप घट्नु, खासगरी टाउको घुमाउँदा या बाहिरतिर लैजान समस्या हुनु, कुम दुख्ने पाखुरा, अघिल्तिर दुख्ने, हात, औंला या बुढी औंला दुख्ने हुन्छ ।

अनुसन्धान :

क: X-ray गर्धन या Cervical Spine को X-ray गर्ने यसले गर्धनको प्राकृतिक सामान्य कुप्रोपनामा आएको परिवर्तन, हड्डीबीचको भाग सानो हुँदै गएको नयाँ हाडहरु निस्केको, हड्डीमा रहेको नशा जाने foramen हरु साना भएका आदि अवस्था पहिचान गर्न मद्घत पु¥याउँछ ।

ख: CT Scan : Contrast सङ्ग या ऋयलतचबकत  विना ।

ग: MRI

उपचार
क. दुखाई कम गर्ने औषधीहरु ल् Non steroids, Anti Inflammatory Drugs, NSAIDs प्रयोग गर्ने ।
ख. साथमा फिजियोथेरापी गर्ने Cervical traction, short wave diathermy अथवा गultrasonic irradiation static and dynamic neck exercise या Neck collar गर्धनको आरामका लागि प्रयोग गर्ने ।
ग. मधुमेह गराउने एक प्रमुख कारण भएकाले यसको उपचार गर्ने ।
घ. अत्याधिक दुखाइका लागि
ङ. नशा च्यापिएको अवस्थामा आदि ।

ग्रिभा हुण्डनम

आयुर्वेदमा Cervical SPondylosis लाई ग्रिभा हुण्डनम भनिन्छ । माथि उल्लेखित समस्याहरु ग्रिभा हुण्डनम साथै अन्य रोगहरुमा पनि हुन सक्छ । जस्तै :
१. मन्या स्तम्भ २. मन्या ग्रह ३. ग्रिभा स्तम्भ ४. अस्थी मज्जागत बाथ ५. सन्धिगत वाथ ६. भिसवाकी ७. सिरोग्रह आदि ।

Cervical Spondylosis (ग्रिभा हुण्डनम) का बिरामी तथा उपचार

हालसम्म, ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर, काठमाडौंमा ग्रिभा हुण्डनम सम्बन्धि १९ जना बिरामीहरु दर्ता भएका छन् । उमेर, लिङ्ग या अन्य कुरामा निरपेक्ष ढङ्गले छानिएको यी बिरामीहरुको रोगको प्रगमन तथा शारिरीक, अवस्थाको गहन अध्ययन गरियो । यी समस्त बुँदाहरु उल्लेखित विशेष प्रकारको तयार गरि आयुर्वेद तथा आधुनिक चिकित्सा विज्ञानको माध्यमले यी बिरामीहरुको विस्तृत अध्ययन गरियो ।
यी अध्ययन बाट (के देखियो भने) ४८.३ % बिरामीहरुमा ६ महिनाभन्दा दिर्घकालिन अवस्था साथै २४ं.१% मा कम ६ देखि १२ महिना बीचको समस्या तथा २४% मा विगतमा चोटपटक लागेको अवस्था र २०.७% मा गर्धनको तनाव भहभचतष्यल जस्ता समस्याहरु रहेको पाइयो ।

बिरामी अस्पतालमा आउनुमा मुख्यतः गर्धनको दुखाई लभअप उबष्ल नै मुल कारण थिए । लगभग सबै विरामीमा गर्धनको दुखाई  नै मुख्य कारण थियो साथमा ९६.६ % मा गर्धन कडापन महसुश हुने, ४१.४% मा अत्यधिक दुखाई हुने ३८% मा हात झमझमाउने र २४.१% मा टाउको दुख्ने समस्याहरु थिए ।

अभ्यङ्ग

अभ्यङ्गलाई बाह्य स्नेहन को महत्वपूर्ण भाग मानिन्छ । यो आयुर्वेदको एक प्रकारको उपचार प्रणालीको हो । जसमा प्राकृतिक तैलहरु प्रयोग गरि मालिस गरिन्छ । Oleation

यस समुहका बिरामीलाई Locomotor examination लाई प्राथमिकतामा राखी विस्तृत अध्ययन गरि प्रभावित मांसपेशीहरुको पहिचान गरियो । यसरी पहिचान गरेका मांसपेशीहरुलाई उच्चतम महत्वमा राखी हरेक दिन बिहान बेलुका १५–१५ मिनेट अभ्यङ्ग गरियो । यी बिरामीहरुलाई उपचार क्रममा गर्नुहुने र नहुने सल्लाह दिई अन्य उपचार  प्रयोग नगरी अभ्यङ्ग पद्घति अपनाउने ।

Cervical Spondylosis एक प्रकारको रोग हो जसमा गर्धनमा रहेका मेरुदण्डका हाडहरु Cervical vertebrae खिइँदै जान्छन् र Intervertebral disc बाहिर निस्कँदा तथा निस्कँदा तथा नजिकेको हाड बढेर या नयाँ साना हाडहरु पैदा भइ नजिकैका नशाहरु च्यापिन सक्छन् । यसबाट गर्धन दुख्ने, गर्दनको दुखाइ टाउकोमा, पाखुरा हातमा सर्ने, कडापन महसुश हुने, यावत समस्याहरु देखिन्छन् । सामान्यतः अभ्यङ्गको प्रयोगले यी समस्याबाट उन्मुक्ति मल्दिछ । प्रभावित मांसपेशीहरु प्हिचान गरी यसको उपयोग गरेमा उपचार अझै प्रभावकारी हुन्छ ।
यावत पक्षहरु ध्यानमा राखी हाम्रो खोजको सिलसिलामा हामीले क्षीरबला , लाक्षादि तैल प्रयोग ग¥यौं ।

पूर्वकर्म
क. औषधीमूलक तेललाई मनतातो बढाउने
ख.  बिरामीलाई सजिलो गरि मेचमा बस्न लगाउने

प्रधान कर्म
सर्वप्रथम हत्केलामा थोरै मात्रामा तेल लिने र प्रभावित स्थानमा लगाउने । पुरै हत्केला या औंलाको सहायताले प्रयोग गरि सामान्य अन्तरमा दबाब दिइ मालिस गर्दा प्रभावित मांसपेशी तथा हाडमा राहत पुग्दछ । अभ्यङ्ग गर्दा  Kneeding and Friction का Stroke हरु प्रयोग गरिन्छ ।

Kneeding
यस पद्घतिमा पुरै हत्केला राखी छाला बाहिरबाट प्रभावित भागको प्रकृतिबाट मिच्ने या मालिस गर्ने गरिन्छ । भागको संवेदना अनुसार औंलाहरु या बुढी औंला मात्र प्रयोग गरेर पनि मालिस गर्न सकिन्छ । यदि प्रभावित अङ्गमा मालिस गर्न अत्याधिक चाप प्रयोग गर्नु परेमा एक हत्केला माथि अर्को हत्केला राखी मालिस गर्न सकिन्छ ।

Frictions
यस पद्घतिमा सामान्य रुपले हातका औंलाहरु ऋथवा बुढीऔंलाले सामान्य दबाब दिई घर्षण गरिन्छ । बाहिरी रुपमा हल्का या गहिरो गरेर घर्षण दिन दुइ तरिका अपनाइन्छ । गोलाकार या तेर्सो ।

गोलाकार घर्षण प्रभावित मांसपेशीमा मात्र जस्तै की Paravertebral muscle तथा नशाका जराहरु रहेको स्थानमा मालिस गर्दा प्रयुक्त हुन्छ  साथै तेर्सा घर्षणहरु  तेर्सा हड्डी तथा अङ्गहरुमा ९० कोण बनाइ प्रयोग गरिन्छ ।

पाखुराको मालिस गर्दा एक हातमा पाखुरा लिइन्छ र अर्को हातले सबै मांसपेशी छुने गरि मालिस गरिन्छ ।

अभ्यङ्ग हरेक दिन बिहान तथा बेलुका १५–१५ मिनेटका दरले ४५ दिनसम्म गरियो ।

पश्चातकर्म

क. शरिरमा लागेको अतिरिक्त (बढी) तेललाई सफा कपडाले पुछ्ने ।
ख. बिरामीलाई प्रभावित ठाउँहरुमा कपास या उनी कम्बलले छोपी करिब आधा घण्टासम्म आराम गर्न लगाउने ।
ग. तत्पश्चात तातो पानीले नुहाउने लगाउने ।
घ. बिरामीको समस्याहरुमा आएको सुधारमा हरेक हप्ता मुल्याङ्कन र विश्लेषण  गर्ने ।

यसरी Cervical Spondylosis का १९ विरामीहरुको उपचारको अध्ययन र मुल्याङ्कन गर्दा अभ्यङ्ग क्षीरबला लाक्षादी तेल निकै उपयोगी रहेको पाइयो । विशेषतः ६०% बिरामीको दुखाइ कम भएको, ७१.४२ % बिरामीमा कडापनको समस्याबाट राहत मिलेको ५३.८४ % बिरामीको निहुरिदाँ ६०% बिरामीमा गर्धन घुमाउँदा हुने समस्याबाट उन्मुक्ति मिलेको र ७८% बिरामीका कमजोरीबाट राहत पुगेको परिणाम प्राप्त भयो ।

यस अध्ययनबाट के देखियो भने अभ्यङ्ग क्षीर बला, लाक्षादी तेल को प्रयोगमा Kneeding and Friction को योगले अझै उच्चतम प्रतिफल प्रदान गर्दछ । अवश्य पनि यसले Cervical spondylosis का बिरामीको उपचारका क्रममा प्रशंसनीय भूमिका निर्वाह गर्दछ ।

comments powered by Disqus