A PHP Error was encountered

Severity: Notice

Message: Only variable references should be returned by reference

Filename: core/Common.php

Line Number: 257

A PHP Error was encountered

Severity: Warning

Message: Cannot modify header information - headers already sent by (output started at /home/ojusayur/public_html/system/core/Exceptions.php:185)

Filename: libraries/Session.php

Line Number: 675

व्राम्ही - Ojus Ayurveda Hospital and Research Centre

Blog

व्राम्ही

डा. राजेन्द्र गिरि;

डा. राजेन्द्र गिरि
प्रबन्ध निर्देशक सिंहदरबार वैद्यखाना विकास समिति

आयुर्वेद संहिताका विभिन्न ग्रन्थहरू चरक, सुश्रुत र बाग्भट आदिमा मेद्य रसायन तथा यसको प्रयोगको विस्तृत वर्णन पाइन्छ । यि संहिताहरूमा बालबालिकाहरूको स्मरणशक्ती तथा बुद्धि बढाउने जडीबुटी र यसको प्रयोगको बारेमा विशेष उल्लेख छ । प्राचिनकाल देखि आयुर्वेद चिकित्सामा मेद्य औषधीहरूको रूपमा व्राम्ही, मण्डुकपर्णी, शंखपुष्पी, ज्योतिष्मती (मालका“गिनो), यष्टीमधु, अश्वगन्धा, दाडीम, कुषमाण्ड (कुभिण्डो) आदि जडीबुटी स्मरणवर्धक औषधीको साथसाथै रसायनको रूपमा प्रयोग गरिदै आएको छ ।
    
बर्तमान समयमा आधुनिक सभ्यताको प्रभावको कारण यी जडीबुटीहरूको महत्व तथा यसको स्थानीय स्तरमा चासो कम हु“दै गइरहेको छ । हालका बर्षहरूमा मानिसहरूको आधुनिक जीवनशैली र पारिवारिक, सामाजिक तथा आर्थिक समस्याका कारण मानसिक तनावबाट ब्यक्तिहरू ग्रस्त हु“दै गएको पाइन्छ । अर्को तिर प्राचिनकाल देखि अपनाइरहेको हाम्रो प्राकृतिक जीवनशैली विस्तारै लोप हु“दै गइरहेको छ । यी समस्याहरू निराकरणको लागि मेद्य क्षमता बढाउने जडीबुटीको रूपमा आयुर्वेद चिकित्सा पद्धतीमा सयौं बर्षेदेखी प्रयोगमा आएको व्राम्ही वारेमा केही चर्चा गरिएको छ ।

(क) व्राम्ही के हो ?

व्राम्ही आयुर्वेद चिकित्सा पद्धतिमा महत्वपूर्ण (मेद्य) स्मरणशक्ती बढाउने र ज्ञानेन्द्रियहरूलाई मजवुत बनाउने जडीबुटीको रूपमा मानिन्छ । यो एक प्रकारको स्क्रोफुलारियसी ९क्अचयउजगबिचष्बअभबभ० जातीको वनस्पती हो । अंग्रेजी माषामा इन्डियन पेन्नीवर्ट ९क्ष्लमष्बल एभललथ धयचत०, लेटिन भाषामा बाकोपा मोन्नीरी प्यान्नेल ९द्यबअयउब mयललष्भचष् उबललभ०ि, संस्कृतमा मण्डुकपर्णी, ऐन्द्री र सरस्वती भनिन्छ । तर राजनिघण्टुमा व्राम्ही र मण्डुकपर्णी एकैजातीका जडीबुटी हुन् भनिएता पनि चरक सुश्रुत आदि संहितामा फरक जातीको रूपमा मानिएको छ । हालसम्म भारत तथा नेपालको वनस्पती अध्ययनबाट पनि बनावट तथा कार्यको आधारमा यी दुई जातीमा फरक मानिएको छ । व्राम्हीको अर्को जाती अम्वेलीफेरी ९ग्mदष्षिभचबभ० अन्तरगतको सेन्टेला एसियटीका  ९ऋभलतभििब बकष्बतष्अब० हो । यी दुवैको काम स्मरण शक्तिवर्धक भए पनि गुणमा केहि फरक पाइन्छ ।  नेपालमा भने व्राम्ही को रूपमा कहि“ कहि“ घोडटाप्रे ९हाइड्रोकोटाइल नेपालेन्सिस् –ज्थमचयअयतथ िल्भउबभिलकष्क० को रूपमा प्रयोग गरेको पाइन्छ ।

यी जडीवुटी चिसो तथा ओसिलो ठाउ“ विशेषगरी नदीनालाको किनारमा पाइन्छ ।  समुन्द्री सतह देखि ४००० मिटर माथि सम्म पाइन्छ । हेर्दा काण्डलामो, लहरा ९जभचद० कोमल पात र पातलो झिल्लि जस्तै हुन्छ । प्रत्येक काण्डमा १० देखि १५ सम्म फूलहरू हुन्छन् । पात गोलाकार चिल्लो र सरल हुन्छ ।

(ख) व्राम्हीमा के के तत्वहरू पाइन्छ ?

यी दुइ जातिहरूमा विशेषगरी वेकोसाइड ए र वि, व्राम्हीन, हर्पेण्टाइन, हाइड्रोकोटाइलीन ९ज्थमचयअयतथष्लि० नामक अल्कोलाइड र एसियाटिकोसाइड नामक ग्लाइकोसाइड तथा वेल्लेरीन ९ख्भििबचष्लभ०, पेक्टिक एसिट ९एभअतष्अ बअष्म० र भिटामिन सी ९ब्कअयचदष्अ बअष्म० पाइन्छ । थोरैमात्रामा उडनशील तथा स्थीर तेल पाइन्छन् । साथै सेन्टोइक तथा सेन्टोनीक एसीड पाइन्छन् ।

(ग) यसले स्मरणशक्ति कसरी बढाउ“छ ?

आयुर्वेद चिकित्सा सिद्धान्त अनुसार यसले मेघाशक्ति (धी,धृती, स्मृती) बढाई मानसीक एवं वौद्धिक कार्य क्षमता बढाउ“छ । मस्तिष्कको उच्च केन्द्रमा प्रभावपारी ग्रहण गर्न धारण गर्न तथा स्मृति गराउन मद्धत गर्दछ ।

विगत केहि वर्षदेखि यो जडीवुटीको वैज्ञानिक ढंगले अनुसन्धान भइरहेको छ । उक्त अनुसन्धानबाट व्रामोटाइड र हरसेपोनीन जस्ता रसायनिक तत्वले नरएड्रीनालीन ९लयचबमचभलबष्लिभ० र फाइभ.एच.टी ९छज्त्० जस्ता रसायनीक तत्वलाई घटाई चिन्तामुक्त, लठ्ठ तथा मन एकाग्र बनाउन मद्दत गर्दछ भन्ने पुष्टि भएको छ ।

(घ) यसको प्रयोग कुन कुन रोगमा गरिन्छ ? 

  • स्नायु प्रणालीजन्य समस्याहरूः उन्माद ९ष्लकबलष्तथ०, अपस्मार तथा शुष्त मनस्थितिका मानसिक रोगीहरूमा अति उपयोगी मानिएको छ ।  तर यी मध्ये सबभन्दा बढी मनोगत समस्या हटाउन र रसायन तथा बौद्धिक क्षमतालाई वृद्धि गर्न महत्वपूर्ण मानिन्छ ।  
  • छाला, पाचन, श्वाशप्रश्वास, मुत्रगत समस्या, मुटु समस्या र आमवात (जोर्नी रोग) आदिका लागि अधिक फाइदाजनक मानिएको छ ।
  • बा“झोपन हटाउन या वाजीकरण तथा यौनशक्ति बृद्धि गर्नमा पनि मद्दत गर्दछ ।
  • क्यान्सर रोग विरूद्ध प्रभावकारी मानिएको छ । क्ष्ऋःच् द्वारा गरिएको अनुसन्धानबाट पनि व्राम्ही क्यान्सर विरूद्ध प्रभावकारी छ भन्ने प्रमाणित भएको छ ।

(घ) यसको प्रयोग कसरी गर्ने ?

आयुर्वेद चिकित्सा पद्धतिमा यस जडीबुटलिाई विभिन्न रूपमा प्योग गर्ने गरेको पाइन्छ । यसको पात, डा“ठ र सबै भाग आदिको रस, ध्यू तेल तथा चुर्ण बनाइ प्रयोग गर्न सकिन्छ ।  

  • १ चम्चा व्राम्हीको शुद्ध रस प्रत्येक दिन सेवन गर्दा बच्चाहरूको मानसिक शक्ति बृद्धि गराउनुको साथै प्रौढहरूमा श्वासप्रश्वास प्रकृया राम्रो बनाउ“छ । यसले कब्जियतको समस्या पनि हटाउ“छ ।
  • व्राम्हीघृत १० देखि २० ग्राम विहान बेलुकी दुधस“ग सेवन गरेमा स्नायु प्रणालीका समस्याहरू हटाउनको लागि लाभदायक हुन्छ ।
  • व्राम्ही बा≈य रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

सन्दर्भ गन्र्थ

१) शर्मा प्रियव्रत, द्रव्यगुण विज्ञान – भाग २, वाराणसी, चौखम्वा भारती एकादमी भारत १९९८ ।

Sivaranjan V.V et.al: Ayurvedic drugs and their plant sources, oxford and IBH publishing co.Pvt. Ltd, New Delhi 1999.

Swami Sada Shiv Tirtha, et.al, The Ayurvedic Encyclopedia, Sri Satguru Publications, Delhi India, 1998.

 

comments powered by Disqus