A PHP Error was encountered

Severity: Notice

Message: Only variable references should be returned by reference

Filename: core/Common.php

Line Number: 257

A PHP Error was encountered

Severity: Warning

Message: Cannot modify header information - headers already sent by (output started at /home/ojusayur/public_html/system/core/Exceptions.php:185)

Filename: libraries/Session.php

Line Number: 675

संस्मरण/अनुभूति - Ojus Ayurveda Hospital and Research Centre

Blog

संस्मरण/अनुभूति

गिरिराज मणि पोखरेल;

गिरिराज मणि पोखरेल
पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री

२१ वर्षमा हेटौँडामा हाम्रो पार्टीको सातौँ महाधिवेशन भयो । महाधिवेशनको बन्द समारोहको मञ्चमा पलेटी कसेर बस्ने प्रकारको थियो । सुरुमा केही समय बसेपछि मेरो पृष्ठ भाग दुख्न थाल्यो र मैले मञ्च छाडेँ । केही सत्र (सेसन) मञ्चमा उपस्थित हुन सकिएन र केहीमा डा. श्रीकृष्ण गिरीले दिएको मलम लगाएर तलकुर्सीमा बसेर सहभागिता जनाएँ । हेटौँडाबाट फर्किए पछि देउरालीको उकालो चढ्दै जाँदा मनमनै एउटा सङ्कल्प गरेको थिएँ । म अब नयाँ उपचार विधिमा जानेछु ।

हुन पनि दुई वर्ष अघि डडेलधुराबाट फर्किए पछि मलाई ब्याक पेनले सताइरहेको थियो । एउटा जाडो याम वीर अस्पतालमा र अर्को याम चिनियाँ अकुपञ्चरको माध्यमद्वारा उपचार गरेर राजनीतिकका म गरिरहेको थिएँ । तर यस पटक समस्या टालटुले ढंगले हलहुने देखिएन । नौ वर्ष अघि एउटा माइक्रोबसले ठक्कर हाने पछि झण्डै पुनर्जिवित हुनपुगेको मेरो शरीर निहु खोजिरहेको थियो । दुईदशक अघि पोखरामा टाइफाइड भएपछि केहीदिन अस्पताल बसेर निस्कँदा हलुका ढाड दुख्न थालेको थियो । २०५३ मा पनि विराटनगरमा देब्रे खुट्टाको हड्डी चर्किएर छ हप्ता प्लास्टर गरेके थिएँ । यी सबै घटनाहरुलाई एउटा प्रक्रियामा जोडेर हेर्दा मेरो मनमयजगत्मा नयाँ उपचार खोजी रहेको थियो र स्मृतिको कुनै कुनामा मन्त्री हुँदा नेपालमा हामी पञ्चकर्म गर्न सक्छौँ भनेर आयुर्वेद क्षेत्रका व्यक्तिहरुले भनेको कुरा लुकेर बसेको रहेछ । आयुर्वेदका स्वास्थ्यकर्मी तीर्थ आचार्यले मलाई भन्नुहुन्थ्यो दाइ आयुर्वेद अस्पताल आउनुस्, हामी तपाईको उपचार गर्छौँ । सुदर्सनजीले पनि वाफद्वारा उपचार गरएको कुरा सुनाउनु हुन्थ्यो । भारतीय टी. भी. च्यानलहरु मार्फत पनि पञ्चकर्म पद्धतिबारे सुनेको थिएँ । सोराइसिसलाई ठीक पार्न सक्ने एकमात्र विधि पञ्चकर्म हो भन्ने कसैबाट सुनेको थिएँ । जेहोस् काठमाडौँ पुग्दा सम्म म भित्रभित्र पञ्चकर्म नै अभ्यास गर्ने निष्शर्षमा पुगेको रहेछु ।

मैले २०६९ माघको अन्त्यतिर तीर्थ आचार्यलाई फोन गरेँ । वहाँले नरदेवी अस्पताल बोलाउनु भयो । मेरो दुखिरहेको शरीरमा तीन दिन जतिको उपचारले राहत प्रदान ग¥यो । केही साथीहरुको तत्परताले मलाई प्रभावित पनि पा¥यो तर त्यहाँको अव्यवस्थाले मलाई असहज बनाइरहेको थियो । एउटा कोठा र केही पूर्वाधार रहेछन्  त्यहाँ तर न्यूनतम वातावरण थिएन । तीन दिन पछि मैले त्यहाँ जान छोडि दिएँ । मेरो मनस्थिति बुझेर होला तीर्थ जीले एक हप्ता पछि मलाई निजी क्षेत्रबाट सञ्चालित ओजस आयुर्वेद अस्पतालका प्रबन्धक नारायण आचार्यसँग भेटाउनु भयो र नारायण जीले नरदेवीबाट सिधै सामाखुशी लैजानुभयो र मेरो उपचार सुरु गर्नु भयो । ओजसको चुस्त ब्यबस्थापन, विशेषज्ञहरुको टिम र सरसफाई देख्दा मलाई उपचारमा थप आकर्षण गरायो । करीब पाँच हप्ता जति मैले ओजस हस्पिटलमा बिताएँ ।

करिब दुईहप्ता जतिको उपचार पछि मात्र मैले थाहा पाएँ–भएका र गरिएका विभिन्न उपचारहरु पञ्चकर्मका पूर्व कर्म रहेछन् । ‘स्नेहन’(Oilation) र ‘स्वेदन’(Sudiation) शब्द र भाव दुवैमा मलाई मिठासपूर्ण लाग्यो । यिनीहरुको छुट्टाछुट्टै अनुभव पहिले पनि थियो । ‘स्नेहन’ तेल र जडिबुटीको मालिस र ‘स्वेदन’ वाफद्वारा स्नान गराउने प्रक्रिया हो । उपचारको दुई दिन अघि मात्र‘ विरेचन’(Purgation) को कार्य सूची बदलेर ‘वमन’(emesis) राखिएको कुरा चिकित्सकले बताउनु भयो र मैले ध्यान दिनुपर्ने पक्षहरु अवगत गराउनु भयो । ‘वमन’ मेरो बुझाइमा झन्डै झन्डै सर्जिकल प्रक्रिया जस्तै लाग्यो । ‘वमन’बाट पञ्चकर्मको प्रधानकर्म सुरु हुँदो रहेछ । खोजी मानसिकता सहित उपचारको अनुभव र ज्ञानका सूचनाहरु प्राप्त भइरहेकोले मलाई समय बितेको पत्ता भएन । दिउँसो पार्टीको बैठक र बिहान बेलुका उपचार प्रक्रिया चलिरहेकाले नियमबद्ध भने थिइन । ‘वमन’को अर्को हप्ता सुरु भएको ‘विरेचन’ प्राकृतिक उपचार पद्धतिको समरुप(Analogy) लाग्यो । समय अभावले पाँचौ हप्ता बिहान‘ (Nasal application)  र बेलुका ‘वस्ती’ (medicated enema)  गरियो ।

चरक सहिंताले ‘निरुह’ र ‘अनुवासन’दुवै ‘वस्ती’ लाई एउटा वैज्ञानिक सिद्धान्तमा ढालेको रहेछ । इशाको पहिलो शताब्दीमा तयार गरिएको यो सिद्धान्त आज पनि सामयिक र सान्दर्भिक देखिन्छ । तर हामी जस्ता चाउचाउ जेनेरेशनका विरामीहरुलाई संयमता पूर्वक उपचार गर्ने र त्यसको सर्वोत्तम लाभ लिने धैर्यता नै छैन । तैपनि मैले तेल र जडिबुटी दुवै क्वाथबाट दिइने ‘वस्ती’ को थोरै स्वाद भने अनुभूत गरेँ । पञ्चकर्मको एउटा कर्म ‘रक्तमोक्षण’ रहेछ । यसको अनुभूति मैले गरेको छैन । हुनत चरक संहिताले ‘रक्तमोक्षण’लाई पञ्चकर्ममा नराखे पनि सुश्रुतले पञ्चकर्ममा नै राखेको रहेछ । ‘वमन’, ‘विरेचन’, ‘वस्ती’ (निरुह–अनुवासन),‘नस्य’ र ‘रक्तमोक्षण’ पञ्चकर्मका प्रधानकर्म हुन् । यसमध्ये पनि ‘वमन’ र ‘विरेचन’ प्रधानकर्मको पनि मुख्य पक्ष लाग्यो ।

यो कुरा सर्वस्वीकृत छ पञ्चकर्म चिकित्सा आयुर्वेदको मूल आधार हो । आयुर्वेदका थरीथरीका बर्गीकरण छन् । यसका तीनवटा धारा दैव्य व्यापाश्रय, युक्तिव्यापाश्रय र सत्वजयका छुट्टाछुट्टै पहिचान छन् । पञ्चकर्म युक्तिव्यापाश्रय भित्र पर्छ । कतिले पञ्चकर्मलाई आधा चिकित्सा पनि भन्दा रहेछन् । आयुर्वेदका उपचारका दुई सिद्धान्त ‘समन’ र ‘सोधन’हुन् । पञ्चकर्म मूलतः शरीर शोधनमा आधारित चिकित्सा हो । तर यो रोगीका लागि मात्र होइन निरोगीका लागि पनि हो भन्ने बुझ्नु जरुरी छ ।

म अहिले पञ्चकर्मको पछिल्लो प्रक्रियामा छु । यसलाई पश्चात् कर्मपनि भनिन्छ । आयुर्वेदिक भाषामा भन्दा संसर्जन (Dietary habit) रहेछ । चिकित्सकहरुले मलाई केही औषधी दिनुभएको छ । सेवन गर्दैछु । छ किलो तौल घटेको छ, शरीर हलुका भएको महशुस हुन्छ । छ वर्ष पछि म पुनःपद्माशनमा बस्न थालेको छु र जीवन शैलीको एउटा नयाँ द्वारमा उभिएको अनुभव हुन्छ । उपचार गर्ने र बुझ्ने सिलसिला जारी छ ।

यही बेला मेरो मनमा एउटा प्रश्न उठिरहेको छ । आयुर्वेदलाई नेपालको राष्ट्रिय धरोहर भनियो तर नेपालको आयुर्वेदले पञ्चकर्म चिकित्साको सदुपयोग विगतमा किन गर्न सकेन ?किन नरदेवी अस्पताल एउटा मोडेल अस्पताल बन्न सकेन ? राज्य यस प्रति किन गम्भीर भएन ?पश्चिमा चिकित्सा पद्धतिको प्रभूत्वभएको नेपालको स्वास्थ्यमन्त्रालयको नेतृत्व गर्दा मैले यसबारे बुझ्न सकेको रहेनछ । यति कुरा स्वीकार्नैै पर्छ ।

पञ्चकर्म मार्फत आयुर्वेदलाई नयाँ ढंगले बुझ्ने अवसर प्राप्तभएको छ । यो अवसर प्रदान गर्ने ओजस अस्पताल लाई धन्यवाद दिन चाहन्छु ।  प्राचीन कालदेखि नै अस्तित्वमा रहेको आयुर्वेदको विकासमा नेपालको सामन्तवाद नै वाधक रहेछ भन्ने टुङ्गोमाम पुगेको छु । राजा महाराजाहरुको कामोत्तेजना बढाउन ‘रत्नघटित’ औषधी र गरगहनाले सुसज्जित नारीहरु प्रयोग गरी ‘बाजीकरण’ गर्ने आयुर्वेदका प्रयोगकर्ताहरु पनि आयुर्वेदलाई सीमित घेरामा कैद गर्ने खलपात्रहरु हुन् । जागिरे मानसिकताबाट आयुर्वेदको विकास हुन सक्दैन । यसले एउटा अभियानको माग गरेको छ । अभियानका लागि नेतृत्व, टीम, स्रोत साधन चाहिन्छ । यसले खोज–अनुसन्धान र प्रयोगको सिलसिलाबाट गुज्रनुपर्छ । राज्य, समुदाय र निजीक्षेत्रको सहभागितामा मात्र यसले सफलता प्राप्त गर्न सक्छ । नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा जहाँ दशहजार भन्दा बढी जातका वनस्पतिहरु छन्, जसमध्ये सात सय वनस्पतिको मात्रप्रयोग भइरहेको छ, यस्तो ठाउँमा आयुर्वेद कचल्टिनु, कुण्ठित हुनु र अस्तित्वको लागि संघर्ष गर्नु देशकै दुःखको विषय हो । कच्चा पदार्थ निर्यात् गरेर त्यसबाट प्रशोधित सामग्री आयात गर्ने मुलुक भइरहे सम्म नेपालको गरीबी र पछौटेपनको अध्यायको अन्त्य हुने छैन । नेपाललाई यही दुश्चक्रममा राख्न खोज्ने थरीथरीका बहुराष्ट्रिय निगमहरुको षड्यन्त्र र नयाँ वित्ती यनीतिहरु प्रति पनि यस क्षेत्रका अभियन्ता सचेत हुनु जरुरी छ । जडिबुटी, जलवायु र प्राकृतिक विविधताको धनी देशमा आयुर्वेद मार्फत ‘स्वास्थ्य पर्यटन’ गरी नेपालको संवृद्धिको यात्रामा आयुर्वेदले पनि ठोस र विशिष्ट योगदान पु¥याउन सक्छ । त्यति मात्र होइन कथित आधुनिकी करणको नाममा नेपालमा विस्तार हुँदै गएका नसर्ने रोगहरु (Non-communicable diseases) को नियन्त्रणका लागि आयुर्वेदका सर्जरी वाहेकका विधाहरु ‘स्वास्थ्यबृत्त‘, ‘पञ्चकर्म’, ‘औषधोपचार’ र ‘नैष्टिकी चिकित्सा’अहिले पनि प्रासङ्गिक देखिन्छन् । यसका लागि आयुर्वेदको अहिले सम्मको यात्राको पुनरावलोकनको खाँचो छ।

comments powered by Disqus