A PHP Error was encountered

Severity: Notice

Message: Only variable references should be returned by reference

Filename: core/Common.php

Line Number: 257

A PHP Error was encountered

Severity: Warning

Message: Cannot modify header information - headers already sent by (output started at /home/ojusayur/public_html/system/core/Exceptions.php:185)

Filename: libraries/Session.php

Line Number: 675

असाध्य रोगहरुमा आयुर्वेदीय चिकित्साको भूमिका - Ojus Ayurveda Hospital and Research Centre

Blog

असाध्य रोगहरुमा आयुर्वेदीय चिकित्साको भूमिका

डा. राम नारायण साह;

डा. राम नारायण साह
पुर्व महा निर्देशक आयुर्वेद विभाग

साध्यासाध्यताको अनुसार रोगहरुको वर्गीकरण निम्न लिखित रुपमा गरिएको छ ।

  • साध्य: जुन रोगहरुको उपचार सामान्य चिकित्सा विधि द्वारा निर्मूलन भै हाल्छ, ती रोगहरु साध्य मानिन्छन् ।
  • याप्य: जुन रोगहरुको उपचार गर्दा उपचारकाल सम्म रोगी निरोग जस्तो देखिन्छ तर उपचार कालको समाप्ति पछि पुनः रोगको बल्झिने स्थिति आउँछ त्यसलाई याप्य मानिन्छ ।
  • कृच्छसाध्य: जुन रोगहरुको उपचारमा औषधि उपचार र पथ्य व्यवस्थामा धेरै कठिनाईको सामना गर्नु पर्दछ, ती रोगहरुलाई कृच्छ साध्य भनिन्छ ।
  • असाध्य: जुन रोगहरुको उपचार विशिष्ट चिकित्सा विधि र कठिन एवं उचित पथ्य व्यवस्थाको पालना गरे पनि रोग निवारण हुँदैन ती रोगहरुलाई असाध्य भनिन्छ ।

असाध्य रोगहरुको सन्दर्भमा आयुर्वेद चिकित्साको सफल भूमिका देखिएको छ । यसैकारण यस चिकित्सा शास्त्रमा मन्त्रवत् सिद्घान्तहरु स्थापित भएको छ ।
प्रयोगः शमयेत् व्याधिं योअन्यान्यमुर्दारयेत् ।
नाशौ विशुद्घः शुद्घस्तु शमयेत् योन कोपयेत् ।।
इदमागम सिद्घत्वात् प्रत्यक्ष फल दर्शनात् ।
मंत्रवत् संप्रयोक्तव्यं न मीमांस्यं कदाचन ।।

अर्थात जुन प्रयोग (चिकित्साकीय प्रयोग) बाट एक व्याधि शमन होस् र अर्को लाइै बल्झाई दियोस भने त्यो शुद्घ चिकित्सा होईन । शुद्घ चिकित्सा त्यो हो जसले रोगलाई शमन गरोस तर अर्को लाई उत्पन्न अथवा कोपन न गरोस, दर असफल यो नै आयुर्वेदीय चिकित्सा हो । वस्तुतः यो आयुर्वेदीय चिकित्सा विभिन्न शास्त्र सम्मत, मन्त्र सरह सम्यक् प्रयोेग भयो भने निश्चित प्रत्यक्ष फलदायक र आलोचना रहित पद्घति हो ।
यो तथ्य प्रष्ट छ कि आयुर्वेदीय संसोधन अर्थात पञ्चकर्म चिकित्सा पूर्वक औषधिहरुको उचित सेवन सही पथ्य व्यवस्था र शास्त्र निर्दिष्ट औचित्य पूर्ण आहार विहार (आहार बाहेक अन्य कर्महरु) बाट व्याधिहरुको निर्मूलन हुन जान्छ । किनकि पञ्चकर्म द्वारा शुद्घ शरीरमा निम्न लिखित गुण स्वभावतः नै उत्पन्न हुन्छ ।

  • कयाग्नि तीक्ष्ण हुन्छ ।
  • व्याधिहरु के प्रशमन हुन्छ ।
  • सुस्वास्थ्य को अनुवर्तन हुन्छ ।
  • इन्द्रियहरुमा प्रसन्नता आउँछ ।
  • इन्द्रियहरु मन एवं बुद्घिहरु स्वकार्यमा समग्र रुपमा संलग्न भई हाल्छन् ।
  • शरीरको वर्ण प्रसादन हुन्छ ।
  • शारीर बलको वृृद्घि हुन्छ तथा शरीर पुष्ट हुन्छ ।
  • सन्तान उत्पन्न गर्ने शक्तिमा वृद्घि हुन्छ ।
  • वृष्यता भरपूर हुन्छ ।
  • जरावस्था ढिलो आउँछ ।
  • रोग रहित दीर्घायुष्यको प्राप्ति हुन्छ ।

संसोधन द्वारा विजातीय दोषहरुको पुनरुदय हुँदैन र रोगको मूलेच्छेदन हुन जान्छ ।
यसप्रकार पञ्चकर्म पूर्वक आयुर्वेदीय चिकित्सा बाट असाध्यावस्थाको व्याधिहरुमा आशातीत उपलब्धि हुन्छ ।

पञ्चकर्म विधिको वैशिष्ट्य
पञ्चकर्म मात्र काय चिकित्साको सहायक उपचार विधि नभएर आयुर्वेदको आठौ अंगहरुमा प्रयोज्य छ । यो आयुर्वेदीय चिकित्साको आधारभूत कर्म हो ।

बस्तुतः बिना संसोधनको आयुर्वेदीय चिकित्सा सर्वदा अपूर्ण मानिएको छ । पञ्चकर्म तथा अन्य संशोधन कर्म संशमन चिकित्साको पूरक चिकित्सा हुँदा पनि अनेक अवस्थाहरुमा स्वयं पूर्ण चिकित्सा पनि हो ।

संशोधन, संशमन तथा निदान परिवर्जनको यथायुक्ति प्रयोग द्वारा सबै रोगहरुको निराकरण संभव हुने निर्दिष्ट भएको छ । यथाः
संशोधनं संशमनं निदानस्य च परिवर्जनम् ।
एतावद् भिषजा कार्यं रोगे रोगे यथाविधि ।।

जहाँसम्म स्वस्थवृत्त तथा जनपदोध्वंसको प्रसङ्ग देखि रसायन वाजीकरण, शल्य, शालक्य, कौमारभृत्य, बालरोग तथा भूतविकारहरुको चिकित्सा व्यवस्था सम्ममा पञ्चकर्म विधानको महत्व हो ।

बालरोगहरुमा स्तन्यदुष्टिजन्य रोग, कुकूणक, परिगर्भिक, तालुकंटक, शिशुविसर्प, बाल ज्वर आदि विकारहरुको चिकित्सा धात्री पञ्चकर्म बाट गरीन्छ ।
ग्रहव्याधिहरुमा रेवती, पूतना, शीतपूतना, कटपूतना, अन्धपूतना, स्कन्धग्रह इत्यादिको चिकित्सामा शोधन कर्म वर्णित छ ।

विषतंत्र अथवा अगदतन्त्रमा शोधनको अत्यन्त महत्व निर्दिष्ट छ । स्थावर विषको प्रथम वेगमा वमन, द्वितिय वेगमा बमन बिरेचन, तृतीयमा नस्य, चर्तुथमा स्नेहपान, सप्तममा मूर्धाबाट रक्तमोक्षण गराउने संकेत गरिएको छ । (सु. क. २ः४०–४३, च.चि २३ः४४–४९)

शालाक्यतन्त्रको अधिकांश रोगहरुको चिकित्सामा स्नेहन, स्वेदन, नस्य, परिषेक, विरेचन, बमन, शिरोबस्ति तथा बस्ति कर्मको निर्देश भएको छ ।
शल्यतन्त्रमा व्रणको षष्ठि उपक्रममा प्रथमतः स्नेहन, स्वेदन, परिषेक, बमन, विरेचन, बस्ति, नस्य आदिको उल्लेख छ ।

कटिभग्नमा पनि बस्ति चिकित्साको विधान छ । यसै प्रकार अर्श, भगन्दर, अपची, ग्रन्थि तथा अर्बुदको क्रियाकर्ममा संशोधन निर्दिष्ट छ ।
यस प्रकार पञ्चकर्म तथा तत्सम संशोधन क्रियाहरुको धेरै नै व्यापक प्रयोग उल्लेख छ । फलः स्वरुप असाध्य रोगहरुको चिकित्सामा आयुर्वेदीय चिकित्साको प्रभावकारी भूमिका मानिएको छ ।
 

comments powered by Disqus