ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापनाको पृष्ठभूमि

मानव जिवनको सामाजिकि करणसंगै विकास भएको आयुर्वेद चिकित्सा पद्धतीको संस्थागत विकास भएको पनि हजारौ वर्ष भैसकयो । मानव तथा समस्त जिव जन्तुको उपचारको रुपमा विकसित भएको आयुर्वेद उपचार पद्धति हाल आएर नेपाल जस्ता विकाशोन्मुखराष्ट्रहरुको आर्थिक उन्नतीको मेरुदण्डको रुपमा स्थापित भैसकेको छ । नेपाल भौगोलिक विभिदता तथा प्राकृतिक साधन श्रोतका हिसावले विश्वकै धनी राष्ट्रमा पर्दछ । जसमध्ये जडिबुटीपनि एक प्रमुख प्राकृतिक श्रोत हो । आयुर्वेद नेपालको राष्ट्रिय चिकित्सा पद्धति भएतापनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन । यस्तो अवस्थामा निजि क्षेत्र बाट आयुर्वेद प्रर्वद्धन तथा विकासलाई प्रमुख लक्ष वनाई यस ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना भएको हो ।

२०६५ सालमा ओजस आयुर्वेद क्लिनिकको रुपमा  का.म.न.पा २९ सामाखुसीबाट आयुर्वेद सेवाको शुरुवात गरियो । तत्कालिन अवस्थामा जनरल चेकअप र औषधी वितरणको प्रक्रियामा मात्र सिमित थियो । आफू सरकारी सेवामा कार्यरत भएको अवस्थामा देशका विभिन्न क्षेत्रमा काम गर्ने मौका पाइयो त्यति बेला देखि नै जागिरको समय बाहेक अन्य समय पूर्ण रुपमा आयुर्वेदलाई कसरी आम जनता समक्ष पर्याउन सकिन्छ र प्रयोगमा रहेको पद्धतिलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमैवित्यो । करीब ४ वर्ष पश्चात मेरो रिसर्च र यसले देखाएका केहि तथ्यलाई समायोजन गर्ने क्रममा एउटा योजनाको शुरुवात भयो र यसलाई मूर्त रुप दिन मैले भारतमा रहेका केहि आयुर्वेद हस्पिटलको अध्ययन गर्न शुरु गरेँ । शुरुमा इन्टरनेट मार्फत सिमित रहेको मेरो अध्ययन अनुसन्धानलाई प्रत्यक्ष रुपमा हेर्न मैले २०६८ मा भारतको केरला प्रदेश जाने निधो गरेँ र एउटा हस्पिटलको सपनालाई साकार पार्न म आफ्नो सहित मिसनको तय गरेँ । मैले केरलामावैद्यरत्नम, आयुर्वेद वैद्यशाला (कोटाकल), राजा आयुर्वेद हस्पीटल लगायत अन्य साना ठूला हस्पीटल पुगेँ । यी हस्पीटलहरुमाविशेषत पञ्चकर्म पद्घतीद्वारा उपचार प्रक्रिया अगाडि बढाएको थियो र यीनिहरुको प्रायः आफैं औषधी उत्पादन गर्दथे । अर्को कुरा आयुर्वेद क्षेत्रलाई पर्यटन स्वास्थ्य सँग जोडेर आफ्नो सेवालाई अगाडि बढाइएको पाइयो । यिहस्पीटलहरुले दक्षिण भारतको अथृतन्त्रलाईधैरै टेवा पुर्याएको पाईयो । खोज र अनुसन्धानकै क्रममा दिल्ली, मुम्बई, बै·लौर, जयपुर समेत गइयो जहाँ थुप्रैहस्पीटलका आफ्नै मेडिकल कलेज पाइयो । सरकारी मात्र नभएर अर्थ सरकारी तथा निजि पनि । मैल भारतको केहि भ्रमण पश्चात आफ्नो योजनालाई मूर्तरुप दिन सफल भएँ र मिति २०६९/५/४ गते विधिवत रुपमा दोश्रो जन्म भयो ओजस आयुर्वेद हस्पीटल एण्ड रिसर्च सेन्टरको नाममा ।

आयुर्वेद विभागवाट १० वेडको अन्तरंग सेवा स्वीकृती सहित सञ्चालनमा आएको  यस हस्पीटल आयुर्वेदका प्रायः सवैविधाहरुलाई समेटेर सेवा प्रवाह गर्ने नेपालको पहिलो हस्पीटलकोरुपमा स्थापित हुन सफल भएको छ । नेपालमानै पहिलो पटक केरलियन पंचकर्म भित्राई  नविनतम प्रयोगमा ल्याउन सफल छौं र यसमा ओजस आयुर्वेद हस्पीटल एकमात्र अधिकार प्राप्त सफल पञ्चकर्म सेन्टर हो ।

एउटै छातामुनि पञ्चकर्म, आयुर्वेद, योग, ध्यान, सौना, फिजियोथेरापी, अर्गानिकभोजनगृह सञ्चालनमा ल्याउनु यसको अर्को विशेषता हो । एक वर्षको दौरान मा करीब १५०० भन्दा बढी सेवाग्राहीलाई पुर्ण पञ्चकर्म सेवा उपलब्ध गराइ सकेका छौ । यसै आर्थीक वर्षमा पोखरा, काभ्रे र काठमाडौं मा गरि ५ वटा निःशुल्क स्वास्थ्य शिविर सफलता पुर्वक सम्पन्न गरिएको छ । यसरी ओजसले एकातिर आयुर्वेद चिकित्सा क्षेत्रमा पञ्चकर्म पद्घतिद्वारा उपचार गरि आधुनिक चिकित्सावाट हार खाएर निराशकोे जीवन विताएका विरामीको स्वास्थ्य उपचारमा सफलता पाएको छ भने अर्को तिर सर्व साधारणलाई स्वास्थ्य प्रति सजग बनाउन विभिन्न अभियान तथा निःशुल्क शिविर अगाडि बढाएको छ ।

एकवर्षको दैरानमा देखा परेका उतार चढावका सँगैसँगै हामीले थुप्रै चुनौती पनि बेहोर्नु प¥यो किनकि यो निजि क्षेत्रको प्रयासमा सञ्चालित थियो तथापी हामी प्रष्ट उद्देश्यका साथ अगाडि बढेकोले हाम्रा अगाडि प्रशस्त सम्भावनाहर थिए। हालसम्मको स्थितिमा राज्यले आयुर्वेदक्षेत्रको स्पष्ट नीति नवनाइृ सकेको अवस्थामा निजिक्षेत्रवाटअलगै अनुसन्धान नाम अस्पताल सुरु गरेका छौं .हामीले यस हस्पीटललाई नेपालकै नमूना हस्पीटलकोरुपमा अगाडि बढाउन दिर्घकालिन र अल्पकालिन योजनाहरु अगाडि सरेको छौं । जस अन्तर्गत आयुर्वेद शिक्षण संस्था आफ्नै उत्पादन, जडिबुटि उधान, शाखा विस्तार शाखा विस्तारको क्रममा यसै आर्थिक वर्षमा पोखरा र विराटनगर हामीले हाम्रा भावी योजनालाई अगाडि बढाउन योजना बनाएका छौं . यस किसिमका निजि क्षेत्रबाट भPको पहललाई प्रोत्साहन गर्न राज्यले कुनै विशेष कदम चाल्नुपर्ने देखिन्छ । यसरी स्थापना गरिएका संस्थाकf लगानी कर्ताको कुनै सामाजिक तथा वित्तिय सुरक्षा छैन ।राज्यले  यस्ता कुरालाई व्यवस्थीत गरेर जान सक्यो भने नेपालमा रहेका प्राकृतिक जडिबुटि तथा पर्यटनलाई स्वास्थ्य सँग जोड गराउँछ र प्रशस्त कर संकलन गर्न सकिन्छ र राज्यलाई आर्थिक तथा स्वास्थ्य दुबै तिरबाट टेवा पुग्नेछ ।

अन्त्यमा, एक वर्ष सम्म हामीलाई प्रत्यक्ष वा परोक्षरुपमा साथ दिनु भएका सम्पूर्ण शुभ चिन्तकहरुमा विशेष धन्यवाद ज्ञापन गर्दछु र सदा साथको अपेक्षा राख्दछु । विशेष गरि अवधारण तयार गर्दा मलाई हौसला प्रदान गर्नुहुने डा. वासुदेव उपाध्याय, डा.वावुराजा अमात्य मेरा आदर्णीय दाजु श्याम आचार्य, सहकर्मी कमल अधिकारी  तथा छोटो समय सम्म भएपनि म संग सहकार्य गर्नु भएका प्रिय मित्र विष्णु वावु देवकोटालाई धन्यवाद दिन चाहन्छु ।