डा.शङ्कर प्रसाद पौडेल
वरिष्ठ आयुर्वेद चिकित्सक
आजको व्यस्त समाजमा गुदागत रोगहरु दिनानुदिन बढ्दै गैरहेको पाइएको छ । किनकी आरामदायी जीवन बिताउनु (Sedantory life style) असमयमा र नचाहिने तयारी किसिमका खानेकुराहरु खाने बानी लामो समय सम्म एकै रहनु, लामो समय सम्मको मानसिक तनाब (Anxiety and depression) केहि मुख्य कारणहरुमा पर्दछन् । माथि उल्लेखित कारणहरुले गर्दा पाचन प्रणालीको शक्तिमा ह्रास आई कब्जीयत हुन जान्छ । जसको फलस्वरुप गुदागत रोगहरु उत्पन्न हुन्छन् । ती गुदागत रोगहरु मध्यमा पनि क्षारसुत्र द्वारा मात्र उपचार गरीने रोगहरु अर्श र भगन्दर (piles and fistula) को वारेमा संक्षेपमा वर्णन गरिएको छ ।
क्षार कर्मको परिभाषा ः– क्षारको प्रयोग द्वारा मात्र शरिरमा गरिने उपचारलाई क्षारकर्म भनिन्छ । यो शल्य शास्त्रीय उपचार अन्र्तगतको सानो प्रकृया हो । यसमा विकृत अथवा प्रभावित अंगमा क्षार द्रव्यको प्रयोगले उपचार गरिन्छ । शल्यतन्त्रमा क्षार कर्म लाई अनुशस्त्र अन्र्तगत राखिएको छ ।
शस्त्र र अनुशस्त्रहरु मध्ये क्षार सबैभन्दा श्रेष्ठ हुन्छ । सामान्यतया शस्त्रको प्रयोग गर्न अनुकुल नमिल्ने अवस्थामा अनुशस्त्रको प्रयोग गरीन्छ । शस्त्र प्रयोगको कुरा गर्दा आत्तिने रोगी भएमा शस्त्र प्रयोग गर्न नमिल्ने (संकुचित वाटो भएर, अति कोमल अंग भएर, बढि क्षतिको सम्भावना भएर) रोग भएमा अनुशस्त्रहरुको प्रयोग गर्नुपर्दछ । अनुशस्त्रमा तिनओटा मुख्य मानिन्छन् ।
१. क्षारकर्म
२. अग्नि कर्म
३. जलौका कर्म
सिरावेध द्वारा रक्तमोक्षण नमिल्ने ठाउँमा जलौकाको प्रयोग गरीन्छ । जलौका भन्दा अग्निकर्मले वढि महत्वको काम गर्नेहुदाँ अग्निकर्म दुवैमा अझ बढि हुन्छ भने क्षारमा अग्नि भन्दा बढि गुणहरु हुन्छन् । जस्तैः
—क्षारले भेदन, लेखन र रोपण तिनैथरी काम गर्दछ ।
—क्षारले त्रिदोषध्न (त्रि–दोष शामक) हुन्छ ।
—क्षारको प्रयोग विभिन्न किसिमले गर्न सकिन्छ ।
अनुशस्त्रको पेय रुपमा प्रयोग गर्न मिल्दैन । क्षार पानिय रुपमा प्रयोग गर्न सकिन्छ । यी विशेषताहरु भएको हुदाँ क्षारकर्म शस्त्र र अनुशस्त्रहरु मध्ये प्रधानतम मानिन्छ । क्षारले दुष्ट मासंलाई हटाउँछ (क्षारण) र त्वचा, मांस आदिमा शस्त्र जस्तै काट्ने काम गर्दछ ।
क्षारसुत्र— विभिन्न क्षारिय द्रव्यहरुको शास्त्रमा तोकिएको विभिन्न निर्माण विधिद्वारा विधि पूर्वक लेपन गरी छाँया शुष्क गरी १० दिन देखि २१ दिन सम्म लगाएर बनाएको (कगचनष्अब ितजचभबम लय। द्दण् ) निर्मलीकृत धागो लाई नै क्षारसुत्र भनिन्छ ।
क्षारसुत्र विशेषत ः अर्श( उष्भिक) र भगन्दर ( ाष्कतगबि) जस्ता रोगहरुमा प्रयोग गरी उपचार गरीन्छ ।
अर्श रोग ९ज्बझयचचजयष्मक)
गुदामा वहन गर्ने सिरा फुलेपछि देखिने गाढाँ हरुलाई नै अर्श भनिन्छ । सिराहरुको मध्ये भाग मांस तन्तु बाट बनेको हुन्छ । मल बाहिर निस्कने बेलामा प्रवाहण क्रियाको लागि जोड लगाइन्छ वा मल शुष्क वा कब्जीयत रहन्छ त्यसबेलामा दबाव पर्न गई मांसतन्तु बाट बनेको ठाउँमा कमजोर हुन जानाका कारण सिराहरुको अग्रभागमा रक्तको सञ्चय भई फुल्न जान्छ त्यसैलाई अर्श भनिन्छ । शत्रुको समान मार्ग अवरोध गरी पिडा दिने रोग भएको हुदाँ अर्श भनिएको हो । जसबाट हिँडडुल गर्न कठिनाई हुन जान्छ ।
यो मलाशयको तल्लो भाग र गुदद्वारमा उत्पन्न हुने रोग हो । यस रोगमा उक्त स्थानको वरिपरि रहेका सिराहरु फुल्छन् । र तिनीहरुमा बाङ्गोपना आउँछ । ती सिराहरुमा बलपर्दा रक्तश्राव पनि हुन्छ । यसलाई अल्काई, बवासिर, हर्षा, पाइल्स आदि नामले पनि जानिन्छ ।
बातादि दोष रक्त, मांस एकै भेदलाई दुषित गरी गुद प्रदेशमा विभिन्न आकारवाला मांसाकुर उत्पन्न हुन्छ । गुद वरिपरि उत्पन्न विशेष मांसाकुर नै अर्श रोग हो ।
कारण ः—
१)आहार (म्ष्भतष्अ ाबअतयचक)ः— असमयमा कम÷वेशी, अनियमित तरिकाले खाना खानु, रुक्ष, उष्ण, तिष्ण, कम रस युक्त खाना खानु, अधिक मध्यपान आदिले पाचन प्रणलीमा प्रभाव पारी शरीरस्थ अग्नि कर्म मै पाचन क्रिया कमजोर हुन जान्छ । मन्दाग्निको फलस्वरुप कब्जीयत हुन जान्छ । कब्जीयत नै यस रोगको मुख्य कारण हो ।
२)विहार ः— वेग धारण, अत्याधिक शारीरिक सम्पर्क, अति चिसो पानिको बढि प्रयोग गर्नु, एकैठाउँमा वा होचो अग्लो स्थानमा धेरै बेर सम्म बस्नु, दिउँसो सुत्नु, रात्रि जागरण गर्नु आदि ।
३) स्थानिय दबाव ः— घोड चढि, मल त्याग गर्ने वेलामा बढि प्रवाहण (कन्नु) गनु, महिलाहरुमा गर्भको भार, गर्भाशयको पतन आदि ।
४) स्थानिय दबाव ः— वढि रिसाउनु, पिर चिन्ता आदि ।
५) शरिर रचना सम्बन्धी कारण ः— प्रतिहारिणी महासिरामा अवरोध अर्श को कारण हुन्छ ।
६) वंशानुक्रम ः— दुषित शुक्र र शोणित बाट उत्पन्न हुन्छ ।
अर्शको प्रकार ः १) भेद दोषानुसार अर्श ६ किसिमको हुन्छ ।
१)वातज
२) पित्तज
३) कफज
४) रक्तज
५) सन्भिपातज
६) सहज
(२)श्रा्रवको उपस्थितिको दृष्टिले अर्श २ किसिमको हुन्छ ।
३) शुष्कार्ष ः— वाह्य अर्श ः स्थानिय शोथ र वेदना वढि हुन्छ ।
४) रक्तार्श ः—आभ्यान्तर अर्श ः रक्तश्राव हुन्छ ।
अर्शको वाह्य र आभ्यन्तर भेदमा आभ्यन्तर(भित्री) अर्श तिन समुहमा छुट्टिएको हुन्छ र परिक्षण गर्दा घडिको ३, ७ र ११ बजेको सुई हुने ठाउँमा देखिन्छ ।
भित्री अर्शका मुख्य लक्षणहरुमा रक्तश्राव र गुदभागको बेर्नु बाहिर आउनु हो ।
पहिलो दर्जाको अर्शमा मलत्याग गर्दा रक्तश्राव हुन्छ । तर वेर्नु बाहिर आउदैन । दोश्रो अवस्थामा मल बिसर्जन गर्ने बेलामा रक्तश्रावका साथ बेर्नु निस्कन थाल्दछ र आफै भित्र जान्छ । तश्रो अवस्थामा वेर्नु बाहिर निस्कन्छ र आफै भित्र नगई धकलेर भित्र पसाउनु पर्दछ भने चौथो अवस्थामा वेर्नु पुरै बाहिरिन्छ र भित्र घचेड्दा भित्र जादंैन ।
चिकित्साको सिद्धान्त ः
— अग्निमान्ध र मलावरोध यसका प्र्रमुख कारण हुन्छन् । ती कारणहरुको बिपरित आहार विहार र औषधिको प्रयोग गर्नु पर्दछ ।
— रोगका लक्षणहरुका निवारणका लागि ती लक्षणहरुको निवारण उपयोगी दिपन, पाचन, शोथहर, रक्तस्तम्भन, वेदनाहर औषधिहरुको प्रयोग गर्नु पर्दछ ।
चिकित्साका उपक्रमहरु ः अर्श रोगको चिकित्सामा थरिथरिका उपक्रमहरुको प्रयोग आवश्यकता अनुसार गर्नु पर्ने हुन्छ ।
(क) क्षार कर्म
(ख) अग्नि कर्म
(ग) शस्त्र कर्म
(घ) औषध
ती उपक्रमहरु मध्ये क्षार, अग्नि र शस्त्रको प्रयोग स्थानिय लक्षणहरुको उपचारका लागि गर्नु पर्दछ । व्यापक उपचारको निमित्त यस वर्गिकरणलाई पुन ःसंक्षेपमा औषध चिकित्सा तथा शस्त्र कर्म (क्षार पतन एवम् दाह ) मा विभाजन गर्न सकिन्छ ।
(शरीरका विभिन्न अगंको कामलाई व्यवस्थित गर्न) औषधि चिकित्सा गर्नु पर्दछ ।
१) क्षार कर्म ः वातज र कफज अर्शहरुमा क्षारको प्रयोग गर्नु पर्दछ । विशेष गरेर शुष्क अर्शमा क्षार कर्मको प्रयोग उचित हुन्छ । कोमल, फैलिएको, ठूलो आकारको र माथि उठेको अर्शमा क्षारकर्म गरीन्छ । यसैमा क्षार सूत्र चिकित्सा विधिको यथावष्यकता प्रयोग गरी उपचार गरीन्छ ।
२) औषध ः स्पष्ट नदेखिने, नयाँ उत्पन्न र दोषको मात्रा कम देखिने अर्शहरुमा औषधिको प्रयोग द्वारा उपचार गर्नु नै बढि उपयोगी हुन्छ । औषधिद्वारा उपचार गर्ने प्रकियामा सर्वप्रथम संशोधन एवंम् शमन चिकित्सा गर्नुपर्छ ।
— मलमुत्र त्याग नियमित हुने उपाय गर्नुपर्छ ।
— चकृतको क्रियालाई व्यवस्थित बनाउनु पर्छ ।
— महिलाहरुको गर्भावस्थामा प्रसव नभएसम्म गुद प्रदेशमा भार नपर्ने उपायहरुको अबलम्वन गर्नुपर्छ ।
— गुदस्थानमा लेप र भित्रि प्रयोग दुवै गर्नुपर्छ ।
— आहार बिहारमा ध्यान पु¥याउनु पर्छ ।
अर्शरोगको लक्षण
— खान मन नलनग्नु, खाएको छिटो नपच्नु, अमिलो पानी आउनु, डकार आउनु, बढि प्यास लाग्नु ।
— गुदद्वारमा शुल वा वेदना (उबष्ल), दाह(दगचलष्लन) , रक्तश्राव(दभिभमष्लन), चिलाउनु(ष्तअजष्लन), मलवद्घता (अयलकतष्उबतष्यल ) या अतिसार(म्ष्चचजयभब), पेट कराउनु वा फुल्नु, आध्मान ९ाबितगभिलअभ) आदि ।
भगन्दर (ाष्कतगबितष्यल)
गुदमार्गको नजिकमा भएको पिडिका (खटिरा) जब पाकेर बिग्रन्छ र नाडीब्रण बनेर बाटो बनाउन थाल्दछ त्यस वेला त्यसैले भगप्रदेशमा व्रण गरेर बाटो बनाई प्वाल पनि पार्ने हुदाँ यसलाई भगन्दर भनिएको हो ।
कारण ःअर्श तथा व्रणका कारणहरुको उपस्थिति एवंम् अपच्य खाना वस्तुको सेवन लगातार सवारी साधन तथा सारो आसनमा बस्नु आदि कारण बाट भगन्दर हुन जान्छ ।
स्थानः गुदद्वारको नजिक एक दुई अंगुलको फरकमा पहिले पिडका भएर त्यहि बढ्दै गएर घाऊ फुटेपछि भगन्दर बन्दछ ।
भेदहरु ः सुश्रुत संहितामा भगन्दरमा ५ भेदहरुको स्वरुपका आधारमा वर्णन गरेको पाइन्छ ।
१)शतपोनक (वातज) भगन्दर
२)उष्ट्रग्रीवा (पित्तज) भगन्दर
३)परिस्रावी (कफज) भगन्दर
४)शम्वुकावर्त (सन्निपातिक) भगन्दर
५) उन्मार्गी (आगन्तुज) भगन्दर
चिकित्साको क्रममा
१) पराचीन (बर्हिमुख) – वाहिर पट्टि खुलेको
२)अवाचीन (अन्र्तमुख) – भित्र खुलेको मुख भएको
लक्षणः—
सुरुमा सवारीमा बस्दा अथवा मल त्याग गर्न लाग्दा गुद द्वारमा निकै चिलाउने, दुख्ने, भतभती पोल्ने, झमझमाउने वा सुन्निने हुन सक्दछ ।
त्यस ठाउँमा बढि पिडा, सियोले घोचे जस्तै वा सारो चिज बिजाउने वा च्यातेको वा काटेको जस्तै हुन्छ ।
समय समयमा पिप बग्नु, दुर्गन्धीत र तातो च्यापच्याप लाग्ने श्राव आउनु आदि लक्षण हुन्छन् ।
भगन्दरको चिकित्सा ः
पिड्का उत्पन्न हुने वित्तिकै पाक्न नपाउने उपाय गर्नुपर्छ त्यसका लागि अपतर्पण, आलेप, परिषेक, अग्यङ्ग, स्वेदन, स्नेहन, वमन, विरेचन, उपनाहन र विश्रावण उपक्रमहरुको प्रयोग गर्नुपर्दछ ।
यी उपायहरु द्वारा उपचार सफलता नभएमा स्थानिय अथवा व्यापक संज्ञाहरण गरी क्षारसुत्र चिकित्सा विधिले उपचार गर्नु पर्दछ ।
पुर्वकर्म ः रोगी परिक्षण शस्त्रकर्मको लागि व्यवस्था, संज्ञाहरण आदि ।
प्रधान कर्म ः क्षारसुत्र उपचार शल्यविदले सावधानिका साथ ाष्कतगबि पत्ता लगाई क्षारसुत्रको प्रयोग गर्नु पर्दछ ।
पश्चात कर्म ः स्थानिय वेदना र श्राव रोक्न स्थानिय स्वेदन गर्नुपर्छ । स्वेदनको लागि पिण्ड स्वेद अथवा नाडि द्वारा स्वेदनको व्यवस्था गर्नुपर्दछ स्वेदन पछि अणु तेल वा जात्यादि तेल आदि तेलहरुद्वारा व्रणको रोपण वा लागि परिषेक गर्नुपर्दछ । वेदना शामक तथा अत्यावश्यक औषधिको प्रयोग गर्नुपर्दछ ।
प्रत्येक ५—७ दिनमा क्षारसुत्र दिनमा क्षारसुत्र बदली रहनु पर्दछ । जबसम्म(ाष्कतगबितष्यल) सुत्रद्वारा काटिदैन तब सम्म सुत्र बदली रहनु पर्दछ । समय समयमा व्रणको शोचन र रोपण क्रमश ःगरी रहनु पर्दछ ।
क्षारसुत्र चिकित्साको विशेषता ः उपचार गर्दा बढि वेदना भएमा परिषेक गर्नु पर्दछ । वातशामक द्रव्यहरुको क्वाथ राखेको भाडामा रोगीलाई बसाएर वाष्प स्वेद गराउनु पर्दछ वा कुनै भाडोमा तातो पानी माथि केहि पोटास वा बेटाडिन राखेर रोगीलाई त्यसमा बस्न लगाउनु पर्छ ।
क्षारसुत्रको कर्म ः भगन्दरको नाडी ब्रणलाई काटेर त्यसमा रहेका सडेका गलेका मांस तन्तु निकालिदिन्छ र त्यसमा भएका पिप तथा अन्य जमेर रहेकालाई बाहिर निकाली निर्मलीकृत गर्दछ ।
यसको असाध्यै छिटो असर हुन्छ । व्रण रोपण (धयगलम जभबष्लिन) मा यसको अन्य कार्यमा लेखन ( अगततष्लन बलम अगचभततबनभ) शोधन ९अभिबलष्लन) र रोपण (जभबष्लिन भााभअतक यल तजभ तचष्ब)ि
यसबाट कम भन्दा कम मांसतन्तुहरुको क्षय हुन्छ अन्य (कगचनष्अब िभहअष्कष्यल) भन्दा,।
— रक्तश्राव नगन्य मात्रामा या हँुदै हँुदैन ।
— लामो समय अस्पताल शैयामा बसिरहनु पर्दैन, बिरामीले आफ्नो दैनिकी सजिलै घरमा नै बसेर गर्न सक्दछ ।
— ठुलो घाऊ नहुने हुनाले लगातार (म्चभककष्लन ) गरी रहनु पर्दैन ।
— दिसा पिसाब रोकिने डर हँुदैन ।
—आर्थिक हिसाबले पनि कम खर्चिलोमा पर्दछ
— क्षारसुत्र पछि सानो र सफा खत मात्र देखिन्छ ।
— गुदद्वार चिरिने डर हुदैन र दिसा गर्न र रोक्न सजिलै सकिन्छ ।
— दोहोरिएर आउने समस्या व्यवहारिक रुपमा छैन वा हुदैन ।
सन्र्दभ ग्रन्थ
सुश्रुत संहिता
माधव निदान
काय चिकित्सा द्वितिय खण्ड प्रो. रामहर्ष सिंह
आयुर्वेदीय शल्य विज्ञान डा. काशिराज शर्मा सुवेदी